spot_img
घरराष्ट्रिय समाचारसुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

सुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

- Advertisement -spot_img

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन ।
सुनकोसी नदीको सो झोलुङ्गे पुलमा गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको थियो । बाढीले पुलका स्ल्याप बगाएर लगेपछि झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।
तत्कालको लागि अस्थायी रूपमा बाँस हालेर पुल सञ्चालनमा ल्याइएको भए पनि अझै मर्मत हुन नसकेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
पुलका राखिएका बाँसहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । पुलको ठाउँ ठाउँमा ठुला ठुला भ्वाङहरु छन् । जसले गर्दा मानिसहरूका गोडा पसेर पुलबाटै झर्ने जोखिम बढेको छ ।
स्थानीय गणेशबहादुर श्रेष्ठका अनुसार पुल धराप थापे जस्तो भएको छ । सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् । विद्यार्थीहरू दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने उनले बताए ।


विद्यार्थी मात्र होइन स्थानीयको खेत, बजार, स्वास्थ्य संस्था पनि सिन्धुली पट्टी भएकोले दैनिक खेतीको काम, किनमेल तथा औषधी उपचारको लागि पनि यो पुल नतरी हुँदैन । तर पुलको अवस्था भने निक्कै लेखिमपूर्ण छ । ‘दैनिक आउजाउ गर्नुपर्छ, अर्को विकल्प छैन, कति बेला कस्तो दुर्घटना हुने ठेगान छैन’, उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्