spot_img
घरराष्ट्रिय समाचारएनआरएनए एकता महाधिवेशनका लागि युरोपको टोली नेपाल आइ पुग्यो

एनआरएनए एकता महाधिवेशनका लागि युरोपको टोली नेपाल आइ पुग्यो

- Advertisement -spot_img


काठमाडौं । यही मे ३, ४, ५ (वैशाख २० देखि २२ सम्म मा काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स प्रतिनिधिहरु नेपाल आउने क्रम जारी छ ।
मंगलबार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् ।
सोहीक्रममाएनसीसीइटलीको पूर्वअध्यक्षछविलाल कंडेलले एकताको महाधिवेशनएनआरएनएमा एउटा नयाँआयामप्रदान गर्ने भन्दै एनआरएनएलाई पहिलाको अवस्थामा पु¥याउन पनि भूमिका खेल्ने बताए ।
उनले भने, मे ३, ४, ५ मा हुनगइरहेको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनमा भागलिन इटलीबाट यहाँ आएको छु । एकताको महाधिवेशनले एनआरएनमा एउटा नयाँ आयाम प्रदान गर्ने छ । विगतमा जुन विसंगतीहरु थिए, एनआरएनएलाई पहिलाको अवस्थामा पु¥याउन यो अधिवेशनले पक्कै पनि भूमिका खेल्ने छ ।
त्यस्तै एनआरएनएको नेता आरके शर्माले संस्थालाई एकता र न्याय सम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै एकता महाधिवेशन कुनै पनिहालतमा रोकिन नहुने बताए ।


उनले भने, ‘एनआरएनएको एकताको महाधिवेशन कानूनी मान्यता लगायत विभिन्न पाटोले गर्दा ढिला भए पनि अहिले छोटो समयमा सम्मेलन सम्पन्न गर्न सदस्यहरु आउनु भएको छ । संस्थालाई एकता र न्याय सम्मत तरिकाले अगाडि बढाउनुपर्छ । अधिवेशन कुनै पनि हालतमा रोकिनु हुदैँन्, समयमा नै हुन्छ ।’
एकता महाधिवेशनमा करिब ३२ सय डेलिकेट्सले सहभागिता जनाउने अनुमान गरिएको छ । तर डा.बन्द्री केसी समूहले भने महाधिवेशन रोक्नुपर्ने माग राख्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्