spot_img

तम्घास बजारमा झिलिमिली झिनिया

spot_img

२ कात्तिक, गुल्मी । तिहार नजिकिँदै जाँदा गुल्मीमा झिनिया रोटीको व्यापार बढेको छ । विशेषगरी तम्घास बजारका नेवार समुदायले झिनिया रोटी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

तिहारमा दाजुभाइलाई टीका लगाएर मिठा परिकार खुवाउने परम्परामा झिनिया रोटी प्रमुख परिकार मानिन्छ । यही कारण तिहारअघि तम्घास बजारमा झिनिया रोटीको बिक्री उच्च हुने गर्छ

तिहारजस्ता चाडपर्वमा बजारभर रंगीन झिनिया रोटी सजाइएका देखिन्छन् । सानो लगानीमा घरमै फुर्सदको समयमा उत्पादन गर्न सकिने भएकाले पछिल्ला वर्षमा यसको व्यापारप्रति आकर्षण बढ्दो छ ।

‘अघिल्ला वर्षभन्दा यस वर्ष झिनियाको माग धेरै बढेको छ,’ तम्घास–८ निवासी यमकुमारी श्रेष्ठ भन्छिन् । उनले वर्षौंदेखि झिनिया रोटी बनाएर बिक्री गर्दै आएकी छन्।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू