spot_img
घरविश्व समाचारएसियायुद्ध र मानवताविरुद्धको अपराधमा इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

युद्ध र मानवताविरुद्धको अपराधमा इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

- Advertisement -spot_img

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो ।

आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।

अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो ।

गत वर्षको अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसक्रममा एक हजारभन्दा धेरैको ज्यान गएको थियो भने २५० भन्दा बढी इजरायली अपहरणमा परेका थिए ।

जवाफी कारबाहीमा उत्रिएको इजरायलले अझै आक्रमण गरिरहेको छ । जसमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । एक लाखभन्दा बढी घाइते भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्