काठमाडौं । रमेश खरेल नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हुन् । उनले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनलाई कसरी लिएका छन् ? यति धेरै जनधनको क्षति हुनुको कारण के होला ? र, यसको जिम्मेवार को होला ?
यिनै विषयमा पूर्वडीआईजी रमेश खरेलसँग अनलाइनखबरले गरेको कुराकानी
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यहाँ राज्यपक्षको भूमिकालाई कसरी लिनुभएको छ ?
जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको छ । अन्तर्राष्ट्रिय अभ्यास, मानव अधिकार, सुरक्षा सिद्धान्तले पनि सकेसम्म कम बल प्रयोग गर्न भन्छ । मिनिमम युज अफ फोर्स इट्स सुड बी पर्पर्सोनेट भन्छ । तर जेनजी आन्दोलनमा सरकार पक्षबाट कुनै पनि हिसाबले त्यस्तो भएन । अन्तर्राष्ट्रिय नियम अनुसार भएन । पूर्वप्रहरीको हिसाबले पनि दु:ख लागेको छ । व्यक्तिगत रुपमा म पनि धेरै घटनाहरुमा धेरैपटक संलग्न भएँ । तर यति धेरै बल प्रयोग भएको थिएन ।



