नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।
युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाउन सफल भएको हो।
नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौका सहित ३४ रन , ओपनर साना प्रविनले १८ बलमा ५ चौका सहित २५ रन तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् भने अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाएका हुन्।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ४ टोलीको सहभागिता रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।