spot_img
घरविश्व समाचारयुरोपयुक्रेनका राष्ट्रपतिद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको भ्रमण अस्वीकार

युक्रेनका राष्ट्रपतिद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको भ्रमण अस्वीकार

- Advertisement -spot_img

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।  

रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को लागि आह्वान गरेका थिए । 

यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका २० नेताहरूको बैठकमा गुटेरेसको सहभागिताले किएभमा आक्रोश उत्पन्न गरायो । ‘कजानपछि गुटेरेस युक्रेन आउन चाहनुहुन्थ्यो तर राष्ट्रपति जेलेन्स्कीले उहाँको भ्रमणको पुष्टि गर्नुभएन, त्यसैले विशेषगरी कजानमा विवेक र अन्तर्राष्ट्रिय कानूनको अपमानका कारण गुटेरेस यहाँ आउनुहुने छैन,’ स्रोतले भन्यो ।

कजानमा पुटिनसँगको वार्तामा गुटेरेसले युक्रेनमा रुसी आक्रमण संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन थियो भन्ने कुरालाई दोहोर्‍याए । ती द्विपक्षीय वार्ताअघि युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको कजान भ्रमणको निर्णयको आलोचना गर्दै उहाँले जुनमा स्विट्जरल्यान्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनमा भाग नलिएको बतायो ।’यो गलत छनोट हो, यसले शान्तिको कारणलाई अगाडि बढाउँदैन । यसले केवल संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठालाई क्षति पुर्‍याउँछ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्