spot_img
घरविश्व समाचारयुरोपरुसले युक्रेनमाथि हमला बढाएपछि पोल्याण्डको सेना ‘अलर्ट’ अवस्थामा

रुसले युक्रेनमाथि हमला बढाएपछि पोल्याण्डको सेना ‘अलर्ट’ अवस्थामा

- Advertisement -spot_img

रुसले युक्रेनमाथि हवाई हमला बढाएको छ । युक्रेनको राजधानीमा रुसले लगातारजसो हवाई हमला गरिरहेको छ ।

रुसले युक्रेनमाथि हवाई हमला बढाएसँगै पोल्याण्डले आफ्नो सेनालाई ‘अलर्ट’ अवस्थामा राखेको छ । पोल्याण्डले आफ्नो वायुसेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा पोल्याण्डको सशस्त्र बलको अपरेसनल कमाण्डरले पोल्याण्ड र उसका सहयोगी मुलुकका विमानले हवाई गस्ती गर्न थालेको जनाएका छन् ।

उक्त पोस्टमा लेखिएको छ, ‘पोल्याण्डले सबै सशस्त्र बल र संसाधनलाई सक्रिय तुल्याएको छ । लडाकु विमानलाई पनि ड्युटीमा तैनाथ गरिएको छ ।’

जमिनबाट मार हान्न सक्ने एयर डिफेन्स सिस्टम र राडारलाई पनि पोल्याण्डले तयारी अवस्थामा राखेको जनाइएको छ ।

रुसले पछिल्लो समय युक्रेनमाथि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्रका साथै ड्रोनबाट पनि हमला गरिरहेको छ । पोल्याण्ड युक्रेनको छिमेकी मुलुक हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्