spot_img

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जन्मकैद

spot_img

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यिओललाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनलाई ‘मार्शल ल’ लागु गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले यो सजाय सुनाएको हो ।

सन् ०२४ मा मार्शल ल घोषणा गरेर देशलाई संवैधानिक संकटमा पारेको र विद्रोहको नेतृत्व गरेकोमा उनलाई दोषी ठहर गरिएको हो । ६५ वर्षीय यिओलमाथि मार्शल ल घोषणासँग सम्बन्धित विभिन्न आपराधिक आरोपहरूमा गत अप्रिलदेखि नै मुद्दा चलिरहेको थियो ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टका न्यायाधीशहरूले बिहीबार सबैभन्दा गम्भीर आरोप विद्रोहको नाइके भएको विषयमा फैसला सुनाएका हुन् । अभियोजन पक्षले मृत्युदण्डको माग गरेको थियो ।

मुख्य न्यायाधीश जी क्वी–यिओनले आजीवन कारावासको सजाय सुनाउँदै युनले कानुनी प्रक्रियाहरूको उल्लंघन गरेको र हिंसात्मक तरिकाहरूको सहारा लिएर राष्ट्रियसभालाई निष्क्रिय पार्ने तथा लोकतान्त्रिक मान्यताहरूलाई कमजोर पार्ने कोसिस गरेको बताए ।

यिओलले ३ डिसेम्बर २०२४ को राति मार्शल ल घोषणा गरेका थिए । उनले संसद्लाई अपराधीहरूको अखडा भएको र बहुमतको प्रयोग गरेर उनको सरकारलाई कमजोर बनाइएको बताएका थिए । उनले सबै राजनीतिक गतिविधिहरूमा रोक लगाएर सञ्चारमाध्यमहरूलाई सैन्य नियन्त्रणमा लिएका थिए । सैनिकहरूले राष्ट्रियसभा र राष्ट्रिय निर्वाचन आयोगमा छापा मारेका थिए ।

जनताको आक्रोशले लगभग तुरुन्तै युनको मार्शल ल शासनलाई विफल तुल्याइदिएको थियो । टेलिभिजनमा युनको घोषणा देखिनेबित्तिकै नागरिकहरू राष्ट्रियसभातिर दौडिए र राष्ट्रपतिको आदेशमा संसद् कब्जा गर्न आएका सैनिकहरूको सामना गरे ।

भीडले सैनिकहरूलाई मुख्य हल कब्जा गर्नबाट रोक्यो । जबकि सांसदहरूले मध्यरातमा भेला भएर उनको आदेशलाई खारेज गरिदिएका थिए । ६ घण्टापछि युनले आफ्नो आदेश फिर्ता लिनुपरेको थियो । तर, सत्ता कब्जा गर्ने उनको यस प्रयासले दशकौँपछिको सबैभन्दा ठूलो राजनीतिक संकट पैदा गरिदियो 

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू