spot_img

मेरो लक्ष्य साफ च्याम्पिनसिप जिताउने : नवनियुक्त मुख्य प्रशिक्षक एरिना

spot_img


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिनाले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप जिताउने रहेको बताएका छन् ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा नवनियुक्त प्रशिक्षक एरिना र सञ्चारार्कीहरूबीच भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । एरिनाले विगतमा भएका गल्तीहरूलाई नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै आफू साफ च्याम्पियनसिप जिताउने लक्ष्यका साथ नेपाल आएको बताए ।

“मेरो लक्ष्य राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु । नेपालमा प्रवल सम्भावना रहेका खेलाडीहरू छन्,” उनले भने, “विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्‍याइकन अघि बढ्नेछु । मेरो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुनेछ ।”

यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई मुख्य प्रशिक्षकको रूपमा भित्र्याउने जनाए पनि बिहीबार मात्र नियुक्तिपत्र दिएको थियो ।

एरिना लाओसका राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक समेत हुन् । उनी सन् २०२३ मा लाओसको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । इटाली र स्वीस प्रशिक्षक एरिनाले तीन महादेशमा व्यावसायिक फुटबलमा प्रशिक्षकको जिम्मेवारी निभाइसकेका छन् ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू