नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन् ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालमा युवा नेतृत्वको उदय भएको भन्दै प्रधानमन्त्री शाहलाई बधाइ दिएका हुन् । राष्ट्रपति जरदारीले बालेको नियुक्तिलाई विशेष महत्त्व दिँदै दक्षिण एसियाको भविष्य निर्माणमा युवा नेतृत्व अगाडि आएनु उत्साहजनक रहेको बताएका छन् । पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई निकै महत्त्व दिने कुरामा उनले जोड दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बालेनलाई बधाई दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको भारी बहुमतलाई शानदार विजयको संज्ञा दिँदै पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको सम्बन्धलाई उच्च महत्त्व दिने बताएका छन् ।
क्षेत्रीय शान्ति र स्थिरताका लागि सहकार्य सुदृढ बनाउन आफू उत्सुक रहेको उनले उल्लेख गरेका छन् ।



