spot_img

राजाराम बर्ताैलाको लिगलिगे दौड पुस्तक आइतवार सार्वजनिक

spot_img

नियात्राकार राजाराम बर्ताैलाद्वारा लिखित लिगलिगे दौड पुस्तक आइतवार सार्वजनिक भएको छ ।अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तक नियात्रासङ्ग्रहकाे रूपमा बजारमा आएको हो।

काठमाडौँ बागबजारस्थित प्राज्ञिक बुक्स अगाडी उक्त पुस्तकको सडक विमोचन गरिएको हो। नेपालका धेरै स्थानहरू घुमेर त्यसका प्राकृतिक,ऐतिहासिक, सामरिक तथा धार्मिक स्थलगत दृश्यबाेध गर्दै लेखिएको यस पुस्तकमा २९ शीर्षकहरु समेटिएका छन्।यसैबीच कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी.ले नियात्राकार राजाराम बर्ताैलाले निरन्तर लेखन गरिरहनु भएकाले हामीले प्रत्यक्ष अनुभव गर्न पाइरहेका छौं र उहाँकाे सरल लेखन शैलीले पाठकलाई सजिलै प्रभाव पार्न सक्ने कुरा बताउनुभयाे ।
त्यसैगरी सडक विमाेचन कार्यक्रमका संयाेजक डा. नवराज रिजालले नियात्रकार बर्ताैलाकाे लेखन लाेभलाग्दाे रहेको अनि प्रस्तुति निकै शालिन रहेकाे बताउँदै काठमाडौं शहरकाे नजिकका सुन्दर प्राकृतिक भूगाेलकाे सचित्र वर्णन भएकाे उल्लेख गर्नुभयो।
अर्कोतर्फ़ पुस्तकका लेखक नियात्राकार राजाराम बर्ताैलाले आफैंले भाेगेका, देखेका अनुभूतिजन्य कुरालाई भाषा साहित्यका माध्यमबाट मात्र प्रस्तुत गरेकाे बताउनुभयाे । सडक विमाेचन कार्यक्रमका सदस्य तथा अनुसन्धानकर्मी बद्रीप्रसाद ढकालले नियात्राकार राजाराम बर्ताैलाले जीवनकाे भागदाैडमा भाेगिएका कुरासँगै गाेरखाकै लिगलिगे दाैडकाे स्मरण गर्दै जीवनकाे खाेज र प्राप्तकाे कुरा उठाएकाे बताउनुभयाे । त्यसैगरी कार्यक्रमका अर्का अतिथि साहित्यकार प्रमोद प्रधानले नियात्राकारले समेटेका यस्ता किसिमका भौगोलिक विषयवस्तुले देशलाई चिनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो।


सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू