spot_img
घरराष्ट्रिय समाचारराष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फिर्ता

राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फिर्ता

- Advertisement -spot_img

काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्वागत गरेका छन् ।

सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरुलाई बधाई दिदैँ खेलको प्रशंसा गरेका छन् ।

उनले भने, ‘म राष्ट्रिय पुरूष र महिला खो खो टोलीलाई बधाई दिन चहान्छु । नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यती लामो छैन् तर यो खेल त्यो खेलभित्र पर्यो जसले नेपाललाई विश्वकपमा पु¥यायो । यो सत्य हो ।’

टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले स्वागत गरेका हुन् । 

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्