spot_img

रुसी विमानस्थलमा युक्रेनको हमला, चारवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

spot_img

 युक्रेनले रुसको राजधानी मस्कोमा आइतबार ड्रोन हमलाको प्रयास गरेको रुसले जनाएको छ । रुसी एयर डिफेन्स प्रणालीले एक घण्टाभित्र ११ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

यसपछि सुरक्षाका कारण मस्कोका चारवटै अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन् ।

रुसी नागरिक उड्डयन एजेन्सीले डोमोडेदोभो, भ्नुकोभो, झुकोभ्स्की र शेरेमेत्येभो विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ । अर्को सूचना नआएसम्मका लागि उडानहरूको आवागमन रोकिएको जनाइएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमार्फत एयर डिफेन्सले मस्कोतर्फ अघि बढिरहेको अर्को एउटा ड्रोनलाई पनि बीचमै विफल (इन्टरसेप्ट) पारेको जानकारी दिएका छन् । यससँगै खसालिएका ड्रोनहरूको कुल संख्या ११ पुगेको छ ।

रुसले युक्रेनले आफ्ना विभिन्न क्षेत्रहरू, विशेषगरी राजधानी मस्कोमा ड्रोन हमला गर्ने गरेको आरोप लगाउँदै आएको छ । रुसले पनि युक्रेनमाथि लगातार मिसाइल र ड्रोन हमलाहरू गरिरहेको छ । टाइम्स अफ इंडिया

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू