spot_img

राइजिङ स्टार्स खेलेर थाइल्यान्डबाट फर्कियो महिला क्रिकेट टिम

spot_img

काठमाडौं । थाइल्यान्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

लगातार तेस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’, दोस्रो खेलमा यूएई र तेस्रो खेलमा भारत ‘ए’सँग पराजित भएको थियो । स्वदेश फर्किएपछि कप्तान पूजा महतोले प्रतियोगितामा जित हासिल गर्न असफल भए पनि ठूलो अनुभव प्राप्त भएको बताइन् ।

प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रयास गरेको र ठूला टिमलाई टक्कर दिन सफल भएको उनले बताइन् । नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सहित थाइल्यान्ड पठाइएको थियो ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू