spot_img
घरराष्ट्रिय समाचारआलुबखडा र चेरीका फूलहरूले ढकमक्क

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

- Advertisement -spot_img

चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् ।
आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् ।
सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका कर्मचारीहरुका अनुसार निकुञ्ज क्षेत्रमा आलुबखडा हेर्ने मौसम भएकाले पर्यटकहरु बढिरहेका छन् । फूल फुल्ने अवधि मार्चको अन्त्यसम्म रहनेछ ।
उता, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको डानलिन टाउनमा, लगभग ४० हेक्टर क्षेत्रफलमा चेरीका रूखहरू फूलेका छन् । जसले हावालाई मीठो सुगन्धले भरिदिएको छ ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा, रेपसीड फूलहरू पनि पूर्ण रूपमा फुलेका छन्।
केही स्थानीय किसानहरूले विभिन्न रंगका फूल फुल्ने बालीहरू रोपेर आफ्नो खेतहरूलाई विशाल क्यानभासको रूपमा प्रयोग गरिरहेका छन्।(सीसीटीभीप्लस)

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्