spot_img

अस्ट्रेलियाको तास्मानियामा ‘नेपाल फेस्टिभल २०२६’ को भव्य तयारी, १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा

spot_img

नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अस्ट्रेलियाको तास्मानियामा एनआरएनए अस्ट्रेलिया (एससीसी तास्मानिया) को आयोजनामा आउँदो नोम्बर १४ मा होबार्टस्थित सालामान्काको पार्लियामेन्ट लन्समा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना गर्न लागिएको छ, जसका लागि पूर्वतयारी तीव्र पारिएको छ।

आयोजकले यस महोत्सवमा १० देखि १२ हजार मानिसको उपस्थिति रहने अपेक्षा गरेका छन्। महोत्सवको मुख्य आकर्षणका रूपमा प्रकाश सपूत, रचना रिमाल, अनिल सिंह लगायत चर्चित तथा स्थानीय कलाकार र हास्यकलाकारहरूको सांगीतिक एवं मनोरञ्जनात्मक प्रस्तुति रहनेछ भने नेपाली लोकगीत, परम्परागत नृत्य, झाँकी र सांस्कृतिक पोसाकको प्रदर्शन पनि गरिनेछ। दर्शकहरूको सहजताका लागि आयोजकका तर्फबाट लन्चेस्टन, डेभोनपोर्ट र बर्नी क्षेत्रबाट महोत्सवस्थलसम्म आउन-जाउन निःशुल्क सटल बस सेवाको समेत व्यवस्था गरिएको छ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू