spot_img

करण केसीको अलराउन्ड प्रदर्शनमा काठमाडौँ गुर्खाजलाई पहिलो जित: कर्णाली याक्स ४ विकेटले पराजित

spot_img

नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा काठमाडौँ गुर्खाज ले कर्णाली याक्स लाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँविरुद्ध कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४४ रन र हुसेन तलातले ४० रन बनाए भने पवन शराफ ३० रनमा अविजित रहे। काठमाडौँका तर्फबाट करण केसीले २ विकेट हात पारे।

१८१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो र सिजनको पहिलो जित दर्ता गर्‍यो। काठमाडौँको जितमा राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा ५० रन (२ छक्का, ३ चौका) को अर्धशतकीय पारी खेले। त्यस्तै, कप्तान करण केसीले आक्रामक रूपमा खेल्दै मात्र २० बलमा ४४ रन (३ छक्का, ४ चौका) बनाएर टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू