नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण आधिकारिक रूपमा रद्द भएको छ।
बिहीबार रातिदेखि परेको लगातारको झरीले मैदान जलमग्न भई खेलाउन योग्य नभएपछि टस समेत हुन नसकी खेल रद्द गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै दुवै टोली लुम्बिनी लायन्स र चितवन राइनोजले १–१ अंक बाँडेका छन्।






