
आजग्याल्पो ल्होसार । प्रत्येकवर्ष फागुनशुक्लप्रतिपदाकादिन शेर्पा समुदायले मनाउने सांस्कृतिकपर्व ग्याल्पो ल्होसार विविधकार्यक्रमहरुआयोजना गरी आजमनाइँदै छ ।
शेर्पा समुदायले नयाँवर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउनलागेका हुन् ।
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटाहुन्छन् । तीवर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्तापशुपन्छी र जीवजन्तुकानामबाट राखिएको पाइन्छ ।

ग्याल्पो ल्होसार फागुनशुक्लप्रतिपदादेखि पूर्णिमासम्मविविधकार्यक्रमआयोजना गरी भव्य रूपमामनाइन्छ ।
ग्याल्पो ल्होसार भोटकानवौँ राजा उदे गुङ्ग्यालकापालादेखि वसन्तपर्वका नामले मनाउन सुरू गरिएको हो ।
नेपालको हिमाली क्षेत्रमाबसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्मग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिनाअघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँलुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटालिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ताएवं दलिनमाटाँसी देलेकु भन्ने वाक्यांश र अष्टमङ्गलकाचिन्हहरूले घर सजाउने गर्दछन् ।
तिनप्रकारका ल्होसारहरू मध्यहिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतःग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनिउत्कृष्ट समभावअनि सक्रियतापाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनिमनाङै लगायतअन्य धेरै समुदायको यो एउटा साझाल्होसार हो ।

विगतमाहिमालीक्षेत्रका १२ जिल्लामामनाइने ग्याल्पो ल्होसार हालबढेर २२ जिल्लामामनाइन्छ ।