spot_img
घरओप \एडसर्जक डबलीकुबेर तामाङले निर्देशन गरेको ‘भुलको बाटो’ सार्वजनिक

कुबेर तामाङले निर्देशन गरेको ‘भुलको बाटो’ सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं, बैशाख ४ गते ।

लागु औषध तथा लागुपदार्थ दुर्ब्यसनी सम्बन्धी जनचेतनामूलक गीतको भिडियो ‘भुलको बाटो’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कुबेर तामाङले निर्देशन गरेको गीतको भिडियो प्रमुख अतिथि बरिष्ठ सङ्गीतकार राजु सिंह चलचित्र बिकास बोर्डका पूर्व सदस्य एवंम बरिष्ठ निर्देशक कलाकार उत्तम केसी र अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कलाकार, गीतकार तथा , कलाकार पवन केसी, चलचित्र निर्देशक रामशरण कोइराला लगायतले एक कार्यक्रम का बीच पानासमा बत्ति बालेर कार्यक्रम को उत्घाटन गर्नु भयको हो । साथै प्रमुख अतिथि राजु सिंह ले म्युजिक भिडियो बटम थिचेर सार्वजनिक गर्नुभएको हो ।
मेघ सुवेदीको भिडियो सन्देशबाट कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रममा बोल्दै निर्देशक कुबेर तामाङले अग्रज र समकालीन कलाकार र प्राबिधिकसँग काम गर्दा सबैको साथ र सहयोग पाएको सुनाउनुभयो ।

कलाकार केसीले प्रारम्भका दिनमा आफूले कुबेर तामाङलाई फोटोग्राफरको रूपमा चिनेको भएपनि उहाँ राम्रो निर्देशक पनि भएको बताउनुभयो । गीतको भिडियो सान्दर्भिक र सन्देशमुलक बनेको बताउँदै उहाँले कलाकार, सिनेम्याटोग्राफर अनि प्राविधिक टिमको प्रशंसा गर्नुभएको थियो ।

यस्तै गीतकार संघका अध्यक्ष तथा गीतकार थापाले ‘भुलको बाटो’ गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढङ्गले उठाएको बताउनुभयो ।

कार्यक्रमको अन्तिममा बोल्दै प्रमुख अतिथि सिंहले अहिले नाच्ने गीतहरू मात्र आइरहेको सन्दर्भमा कथासहित गीत बनाएकोमा निर्देशक तामाङको प्रशंसा गर्नुभयो । ‘म त कुबेरजीको फ्यान नै भए । राम्रो गीत बनेको छ, सिंगो टिमलाई बधाई दिन चाहन्छु’, उहाँले भन्नुभयो ।

सिसन लिम्बूले सहजिकरण गरेको कार्यक्रममा बरिष्ठ सङ्गीतकार सिंह, कलाकार केसी, गीतकार संघका अध्यक्ष थापा र म्युजिक भिडियोका सबै कलाकारलाई सम्मान गरिएको थियो ।

मनु खड्काको निर्माण रहेकोे ‘भुलको बाटो’ गीतमा गीतकार स्याडो रियल, गायक किरण भुजेल र गायिका श्रेया राई, संगीतकार डि आर यस क्षेत्री, मिक्सिङ तथा मास्टरिङमा किशोर थापा र एरेञ्ज सुनिल राईको छ । भिडियोको छांयाकन रामशरण उप्रेतीले र सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । भिडियोमा सन्जित भण्डारी, रश्मि भट्ट, दीपा शाही, मेघ सुवेदी, ऋचा थापा, आयुशा कार्की लगायतका कलाकारको अभिनय रहेकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्