सुर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा “सुर्यविनायक मेयर कप जिल्ला अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३” सञ्चालन हुने भएको छ।
आगामी कार्तिक २१ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा Men’s Single, Men’s Double, Veterans Double (45+) र Boys Under 17 (Single) विधाका खेलहरू समावेश गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक जिल्ला भित्रका क्लबहरूले यही १९ गतेभित्र फारम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउन सक्ने जानकारी आयोजकले दिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः तीस हजार,बिस हजार र दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई आठ हजार र उदयीमान खेलाडीलाई पांच हजार रुपैयाँ पुरस्कार राखिएको छ । यसरी तोकिएको सम्पूर्ण पुरस्कार राशीहरुमा कर जोडिएको आयोजकको भनाइ छ । साथै प्रतियोगिता बिडब्लुएफ र एनबीएको नियमानुसार खेलाइनेछ ।






