spot_img

एनपीएल: वर्षाले प्रभावित खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराउँदै विराटनगर किङ्सद्वारा पहिलो जित हासिल

spot_img

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको सानदार जित दर्ता गरेको छ।
वर्षाका कारण मैदान हिलो र प्रभावित बनेपछि दुई घण्टाभन्दा बढी समय ढिला सुरु भएको उक्त खेललाई घटाएर प्रति इनिङ्स ५ ओभरमा सीमित गरिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदै विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो। विराटनगरका लागि सेहान जयसूर्याले मात्र ११ बलमा ५ छक्का र २ चौकासहित सर्वाधिक ३९ रन बनाए भने एन्ड्रे रसल र लोकेश बमले समान २९–२९ रनको विस्फोटक इनिङ खेले।
जवाफमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। उत्कृष्ट अलराउन्डर प्रदर्शन गर्दै २९ रन बनाउनुका साथै १ विकेट लिएका विराटनगरका एन्ड्रे रसल ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै विराटनगरले जारी प्रतियोगितामा पहिलोपटक विजयी अङ्क जोड्दै तालिकामा दुई अंक लेखाएको छ ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू