spot_img

बद्रीप्रसादको नयाँ कृति सार्वजनिक

spot_img

हाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीको शुभ अवसरमा देवकोटाका महाकाव्यमा मिथक कृतिको एक समारोहका बीच सडक लोकार्पण गरियो। काठमाडौँ बागबजारस्थित प्राज्ञिक बुक्स अगाडी उक्त पुस्तकको सडक विमोचन गरिएको हो।

कार्यक्रमको १९ औं शृङ्खलाअन्तर्गत विमोचित उक्त कृति अनुसन्धान विमर्श नेपालले प्रकाशित गरेको सो कृतिमा देवकोटाका छ वटै महाकाव्यमा प्रयुक्त मिथकको खोज गरिएको छ । समालोचक बद्रीप्रसाद ढकालद्वारा लिखित सो पुस्तकको विमोचनका अवसरमा कृतिका बारेमा बोल्दै कार्यक्रमका संयोजक डा. नवराज रिजालले नेपाली समालोचनाका क्षेत्रमा निरन्तर काम गर्दै आएका ढकालले मिथकको खोज र अनुसन्धानमा देवकोटाका सबै महाकाव्यमा रहेको मिथकको मिहिन तरिकाले अनुसन्धान गरेकाले उनको अनुसन्धेय विषय रहेको बताउनुभयो। पुस्तकका बारेमा बोल्दै भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले समालोचनाका क्षेत्रमा निरन्तर सक्रियताको अर्को नाम बद्रीप्रसाद ढकालले विभिन्न खोजमूलक कृति लेखी नयाँ आयाम बनाउन सफल भएकाले बधाई दिँदै नयाँ कृतिका लागि शुभकामना दिनुभयो ।
पठन संस्कृतिका लागि पुस्तकको सडक विमोचन कार्यक्रमका सदस्य राजाराम बर्तौलाले महाकवि देवकोटाकाे सम्झना गर्दै देवकोटाका महाकाव्यमा प्रयुक्त मिथकको खोज महत्त्वपूर्ण रहेकाले समालोचक बद्रीप्रसाद ढकालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
साहित्यकार तथा पत्रकार शरद प्रधानले कृतिका लागि बधाई तथा शुभकामना दिँदै साहित्य र समालोचनाको क्षेत्रमा निरन्तरता निकै महत्त्वपूर्ण रहेकाले ढकालको क्रियाशीलपन रहेको बताउनुभयो।
समालोचक तथा साहित्यकार बद्रीप्रसाद ढकालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीको अवसर वहाँप्रति श्रद्दासुमनका साथ कृति समर्पण गर्दै मिथकको विषयमा अर्को एउटा पुस्तक आएकाले पाठकलाई पढेर प्रतिक्रियाका लागि आग्रह गर्नुभयो।
सडक विमोचनको उक्त कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र विवश, माधव नेपाल, गंगाप्रसाद भेटवाल, विदुर गौतम, डा छायादत्त न्यौपाने, घनबहादुर थापा आदि व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू