spot_img
घरराष्ट्रिय समाचारढकालको जन्मदिनमा ‘साहित्यमा मृत्यु–चिन्तन’ सार्वजनिक

ढकालको जन्मदिनमा ‘साहित्यमा मृत्यु–चिन्तन’ सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं । स्थापित साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ पुस्तक ‘साहित्यमा मृत्यु– चिन्तन’ सडकबाट नै सार्वजनिक गरेका छन् ।


बिहीबार बागबजारमा आयोजित विमोचनमा प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, विशेष अतिथि साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, अन्य अतिथिहरु समीर नेपाल, शीतल गिरी, केशव पराजुली, लेखक ढकाल लगायतले पुस्तक लोकार्पण गरे ।

जन्मसँगै जोडिएर आउने मृत्युले मानिसलाई एक पल पनि नछोड्ने भएकोले यो विषयमा अनुसन्धानमूलक कृति लेख्ने हुटहुटीले यो पुस्तक जन्माएको ढकालले बताए ।अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । पुस्तक वितरणको जिम्मा भुँडीपुराण प्रकाशनले लिएको छ ।

साहित्यकार बद्रीप्रसाद ढकाल अन्य प्रकाशित कृतिहरुमा अतृप्त यात्रा नामक खण्डकाव्य, स्मृतिका छालहरू र आत्महत्या नामका दुई उपन्यासहरु,नगरवधुसंगको सहयात्रा नामक कथासंग्रह लगायत समालोचना सिद्धान्तका एक दर्जन भन्दा बढी पुस्तकहरु रहेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्