
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायतहिमाली, आदिवासी समुदायको नयाँबर्ष श्यिङ मो डुललो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।
राष्ट्रपतिभवनशीतलनिवासमाआयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपतिपौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् ।
सो क्रममा राष्ट्रपतिपौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिकविविधतायुक्त नेपाली समाजमाग्याल्पो ल्होसारजस्तापर्वहरूले सबै नेपालीबीचआपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनाअभिवृद्धिगर्दै राष्ट्रियएकतालाई थप सुदृढ गर्न योगदानदिने विश्वास लिएको बताएकाछन् ।

उनले नेपालबहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र यहाँबसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका बताए ।
राष्ट्रपतिपौडेललेभिन्न सांस्कृतिकविविधताबोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्टपहिचान रहेको बताउदै शेर्पा तथाहिमालीआदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन र विकासमाआफ्नो पहिचानकायम राख्दै पर्यटनतथाआफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउनउल्लेखनीयभूमिकानिर्वाह गरेका उल्लेख गरे ।
कार्यक्रममा नेपाल शेर्पा संघकाअध्यक्षग्याल्जे शेर्पाले स्वागतगरेका थिएभने खेम्पो लामाआचार्यले ल्होसारका बारेमा जानकारी गराएकाथिए । कार्यक्रममाल्होसार सम्बन्धीगिततथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।
