spot_img

अमेरिकामा सन् २०२५ देखि २०२८ भित्र जन्मिएका बालबालिकाको खातामा एक हजार डलर

spot_img

अमेरिकाले भावी पुस्ताको आर्थिक भविष्यलाई सुदृढ बनाउने उद्देश्यसहित ‘ट्रम्प अकाउन्ट्स’  नामक नयाँ बचत तथा लगानी कार्यक्रम सुरु गरेको छ । अमेरिकी ट्रेजरी विभागले सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत सन् २०२५ देखि २०२८ सम्म जन्मिएका बालबालिकाहरूलाई सरकारका तर्फबाट प्रारम्भिक रूपमा एक हजार अमेरिकी डलर उपलब्ध गराइनेछ ।

यस राष्ट्रिय कार्यक्रमको कार्यान्वयनका लागि विश्वप्रसिद्ध बैंकिङ कम्पनी बीएनवाई र फिनटेक कम्पनी रोबिनहुड बीच साझेदारी गरिएको छ । सरकारका अनुसार यस कार्यक्रमले अमेरिकी परिवारहरूमा बचत र दीर्घकालीन लगानीको संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

‘ट्रम्प अकाउन्ट्स’ योजना के हो ?
‘ट्रम्प अकाउन्ट्स’ बालबालिकाका लागि दीर्घकालीन लगानीमा आधारित सरकारी कार्यक्रम हो । यसअन्तर्गत १ जनवरी २०२५ देखि ३१ डिसेम्बर २०२८ सम्म जन्मिएका योग्य बालबालिकाहरूले सरकारी योगदान प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रम सुरु भएसँगै ६ जुलाई २०२६ देखि अमेरिकी ट्रेजरी विभागले योग्य बालबालिकाका खातामा सिधै एक हजार अमेरिकी डलर जम्मा गर्न सुरु गरेको छ । यसको उद्देश्य बालबालिकालाई जीवनको प्रारम्भिक चरणदेखि नै बचत र लगानीको महत्वसँग परिचित गराउनु हो ।
यस कार्यक्रमको वित्तीय पूर्वाधार व्यवस्थापन गर्ने जिम्मेवारी बीएनवाईलाई दिइएको छ । कम्पनीले कार्यक्रमको वित्तीय एजेन्टका रूपमा काम गर्दै प्रारम्भिक ट्रष्टी तथा ब्रोकरेज सेवा सञ्चालन गरिरहेको छ ।

बीएनवाईसँगको साझेदारीमा रोबिनहुडले मुख्य ब्रोकर तथा योजनाको पहिलो ट्रष्टीका रूपमा सेवा प्रदान गरिरहेको छ ।

बीएनवाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोबिन भिन्सले ‘ट्रम्प अकाउन्ट्स’ कार्यक्रमले लाखौँ बालबालिकालाई बचत र दीर्घकालीन लगानीको महत्व बुझाउने क्षमता राख्ने बताएका छन् ।

रोबिनहुडका अध्यक्ष तथा सीईओ भ्लाद तेनेभले आर्थिक स्वामित्व जन्मदेखि नै सुरु हुँदा त्यसको प्रभाव सबैभन्दा सकारात्मक हुने उल्लेख गर्दै यस कार्यक्रमले बालबालिकालाई सुरुदेखि नै बलियो आर्थिक आधार प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बीएनवाईले आफ्ना योग्य अमेरिकी कर्मचारीका नवजात शिशुका लागि सरकारले उपलब्ध गराउने एक हजार डलर बराबर थप एक हजार डलर ‘म्याचिङ कन्ट्रिब्युसन’ दिने घोषणा गरेको छ ।
यस व्यवस्थाअनुसार त्यस्ता बालबालिकाको खातामा प्रारम्भिक लगानी दुइ हजार अमेरिकी डलरसम्म पुग्नेछ । 

बीएनवाई विश्वकै अग्रणी वित्तीय सेवा कम्पनीमध्ये एक हो । ३१ मार्च २०२६ सम्मको विवरणअनुसार कम्पनीले ५९.४ ट्रिलियन अमेरिकी डलर बराबरको प्रशासनिक सम्पत्ति व्यवस्थापन गरिरहेको छ भने २.१ ट्रिलियन अमेरिकी डलर बराबरको लगानीसम्बन्धी सम्पत्तिको रेखदेख गरिरहेको छ । टाइम

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू