spot_img

अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण

spot_img

लगातार १३औं दिन सम्म आक्रमण गरेर रोकिएको इरानविरुद्धको अमेरिकी आक्रमण पुनः सुरु भएको छ ।

इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य बलहरूमाथि गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणको प्रयासको भोलिपल्ट इरानविरुद्ध भारी श्रृङ्खलाबद्ध आक्रमण सम्पन्न गरिएको अमेरिकी सेनाले जनाए बीबीसीले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले जोर्डनस्थित अमेरिकी सैन्य अखडा तथा होर्मुज जलमार्गमा रहेका जहाजहरूमाथि इरानले गरेको आक्रमणको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का दर्जनौँ लक्ष्यहरूमा प्रहार गरिएको बताइएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार यी पछिल्ला आक्रमणमा केशम टापुमा दुई वर्षीया एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । साथै, देशका दक्षिणी र पश्चिमी भागका अन्य स्थानहरूमा पनि प्रहार भएको जनाइएको छ ।

अमेरिकी आक्रमणको पछिल्लो चरण बुधबार बेलुका ८ः०० बजेसुरु भएको थियो र करिब एक घण्टासम्म चलेको सेन्टकमले जनाएको छ ।

आक्रमण सम्पन्न भएपछि सेन्टकमले जारी गरेको विवरणअनुसार अमेरिकी प्रहारको निशानामा सैन्य कमान्ड केन्द्र, मिसाइल तथा ड्रोन केन्द्र, तटीय निगरानी तथा रक्षा स्थल तथा समुद्री सैन्य क्षमता रहेका थिए ।

इरानी सरकारी प्रसारण संस्था आइआरआईबीका अनुसार तेल उद्योगका लागि महत्त्वपूर्ण मानिने केशम र अबादान क्षेत्रहरू पनि अमेरिकी आक्रमणको निशानामा परेका छन् ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू