spot_img

आइकेओ माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको बेल्ट प्रमोसन टेस्ट सम्पन्न

spot_img

भक्तपुर । माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको आयोजनामा चाँगुनारायण नगरपालिकामा ९३ जना जुनियर खेलाडीको बेल्ट प्रमोसन टेस्ट भव्य रूपमा सम्पन्न भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरी, गुरुङ्टारस्थित श्री वाल्मीकि आधारभूत विद्यालयमा सम्पन्न उक्त परीक्षामा विभिन्न चार विद्यालयका जुनियर खेलाडीहरूको सहभागिता रहेको थियो। प्रमोसन टेस्टमा चाँगुनारायण वडा नं. ५ स्थित रत्न शिक्षा एकेडेमी, वडा नं. ६ को श्री चुनादेवी माध्यमिक विद्यालय, वडा नं. ७ को श्री वाल्मीकि आधारभूत विद्यालय र वडा नं. ८ को श्री सरस्वती माध्यमिक विद्यालयका गरी कुल ९३ जना जुनियर खेलाडीहरूले आफ्नो प्राविधिक दक्षता र बेल्ट स्तरोन्नतिका लागि परीक्षा दिएका हुन्।

श्री वाल्मीकि आधारभूत विद्यालय बागेश्वरी डोजोको व्यवस्थापनमा भएको कार्यक्रममा नेपाल माचुसिमा क्योकुसिन कराँतेका अध्यक्ष, अन्तर्राष्ट्रिय रेफ्री तथा ब्रान्च चिफ सुमन गजुरेलको प्रमुख उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रमुख प्रशिक्षक सन्तोष बुढाथोकी, अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समीर खड्गी, अन्तर्राष्ट्रिय महिला खेलाडी तथा प्रशिक्षक सुस्मिता सुनुवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजन गुरुङ्ग, चाँगुनारायण नगर खेलकुद विकास समिति सदस्य दिप गुरुङ्ग, प्रधानाध्यापक टिकाराम गेलाल तथा विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी एवं सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
सहभागी जुनियर खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रेफ्री, ब्रान्च चिफ तथा प्रशिक्षक रघु के.सी.ले प्रशिक्षण दिँदै आउनुभएको छ। यसैबीच स्थानीय स्तरमा अनुशासन, आत्मरक्षा र खेलकुदको विकासमा यस्ता बेल्ट प्रमोसन कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजक तथा अतिथिहरूले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू