spot_img

म्यानमारले मलेसियाबाट पाँच हजार रोहिंग्या फिर्ता लैजाने

spot_img

क्वालालम्पुर । म्यानमारले मलेसियामा रहेका पाँच हजार रोहिंग्या शरणार्थीलाई फिर्ता लैजाने भएको छ । शरणार्थीलाई फिर्ता लैजान म्यानमारले सहमति जनाएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन् ।

मलेसियाली अधिकारीले सयभन्दा बढी रोहिंग्यालाई हिरासतमा लिएको केही दिनपछि स्वदेश फिर्तीसम्बन्धी यस्तो घोषणा भएको हो ।

मलेसियामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायमा दर्ता भएका दुई लाख १५ हजारभन्दा बढी शरणार्थी तथा शरणार्थीको हैसियतका लागि आवेदन दिएका व्यक्ति छन् । तीमध्ये एक लाख २६ हजारभन्दा बढी म्यानमारका रोहिंग्या समुदायका छन् ।

“मानिसले उनीहरूलाई किन फिर्ता पठाउँदैनौँ भनेर सोध्छन् । उनीहरूलाई कहाँ पठाउने ? म्यानमारले यसअघि उनीहरूलाई स्वीकार गर्न मानेको थिएन,” अनवरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“अब म्यानमारसँगको हाम्रो राम्रो सम्बन्धका कारण उसले मलेसियाबाट पाँच हजार रोहिंग्यालाई फिर्ता लैजान सहमति जनाएको छ,” उनले भने ।

अनवरको यस्तो भनाइ मलेसियाली अधिकारीले क्वालालम्पुरस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायको कार्यालयबाहिर सयभन्दा बढी रोहिंग्यालाई हिरासतमा लिएको केही दिनपछि आएको हो ।

सन् २०१७ मा म्यानमारको सेनाले सञ्चालन गरेको कारबाहीपछि ठूलो संख्यामा रोहिंग्या, जो अधिकांश मुस्लिम समुदायका छन्, देश छाडेर भागेका थिए । रोहिंग्या गाउँमा आगजनी तथा सर्वसाधारणको हत्यासहितका घटनालाई लिएर म्यानमारविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा विचाराधीन छ । रासस/एएफपी

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू