रामेछाप साँस्कृतिक कलाकार समाज, खाँडादेवी गाउँपालिका कार्यसमितिको शनिवार सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट सन्दीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
खाँडादेवी गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठ प्रमुख आतिथिको रुपमा आउनु भएको उक्त अधिवेशनबाट अध्यक्ष सन्दीप श्रेष्ठसंगै निर्वाचित हुने अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजन खत्री, महिला उपाध्यक्ष रमिला मोक्तान, सचिव सरिता श्रेष्ठ,सह-सचिव तुलसा बुढाथोकी,कोषाध्यक्ष ईश्वर श्रेष्ठ, सह-कोषाध्यक्ष मेलिना श्रेष्ठ र अन्य सदस्यहरुमा दिलमैया श्रेष्ठ, उस्मिता श्रेष्ठ, श्रीजना श्रेष्ठ, प्रेम श्रेष्ठ, बिमला श्रेष्ठ, सुदीप श्रेष्ठ, अपेक्षा खत्री रहेका छन्। यसैबीच निवर्तमान अध्यक्ष टिकाराम श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरे।




