सूर्यविनायक नगरपालिकाद्वारा आयोजित चौथो नगरस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सूर्यविनायक–४ स्थित अरनिको माध्यमिक विद्यालय प्रथम हुँदै लगातार तेस्रो पटक रनिङ शिल्डको विजेता बन्न सफल भएको छ।
त्यसैगरी, सूर्यविनायक–१ स्थित कुलमाया माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ भने सूर्यविनायक–४ स्थित मिड भ्याली सेकेन्डरी स्कुलले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ। यसैबीच प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रु. ५० हजार, रु. ३० हजार र रु. २० हजार नगद पुरस्कारका साथै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ ।







