spot_img

डा.नवराज रिजालद्वारा लिखित नेपाली साहित्यका पच्चीस सर्जक पुस्तक विमोचित

spot_img

साहित्यकार डा.नवराज रिजालद्वारा लिखित नेपाली साहित्यका पच्चीस सर्जक पुस्तककाे आज सडक लाेकार्पण शृङ्खलाअन्तर्गत प्राज्ञिक बुक्सकाे प्राङ्गणमा विमाेचन गरियाे ।
यो पुस्तक भने तन्नेरी पत्रिकाले प्रकाशन गरेकाे हाे । पुस्तकका बारेमा आफ्नाे मन्तव्य राख्दै लेखक डा.नवराज रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूले नेपाली साहित्यमा पुर्याएकाे याेगदानका बारेमा लिपिबद्द गरी आउने पुस्ताका लागि दस्तावेजीकरण गरिएकाे जानकारी दिनुभयाे । त्यसैगरी पुस्तकले नयाँ पुराना सबै पुस्ताका लागि निकै महत्त्वपूर्ण कृति रहेकाे धारणा राख्दै शृङ्खला अभियानका सदस्य राजाराम बर्ताैलाले सर्जक रिजालले निकै महत्त्वका साथ कृति तयार गर्नु भएकाे जानकारी दिनुभयाे ।
त्यस्तै कृति र कृतिकारलाई बधाई दिँदै पत्रकार शन्तराम बिडारीले नेपाली साहित्य र पत्रकारिताकाे चर्चा गर्नुभयाे भने पत्रकार तथा साहित्यकार शरद प्रधानले डा. रिजालले इतिहासलाई जीवन्त राख्ने कार्य गर्नुभएकाे बताउनु भयाे ।
अर्कोतर्फ़ अनुसन्धान विमर्श नेपालका अध्यक्ष तथा सडक लाेकार्पण शृङ्खलाका महासचिव बद्रीप्रसाद ढकालले याे चाैधाै शृङ्खलामा अन्त्यन्त महत्त्वपूर्ण कृति लाेकार्पण गर्न सकिएकाेमा शृङ्खलाका अध्यक्ष डा. नवराज रिजाललाई बधाइ दिँदै शृङ्खलाकाे निरन्तरताका सबै स्रष्टा सर्जकमा अभियान साथ रहेकाे धारणा व्यक्त गर्नुभयाे ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू