spot_img
- Advertisement -spot_img

‘ने’ मुनिको गोपाल वंशिय , महिषपाल वंशिय , लिच्छवी र किराँतकालिन अकन्टक समयका बृहत राज्य निर्माणका सपनामाभन्दा बाइसेचौबिसे र सिञ्जा उपत्यकाका फाँटहमा बस्ती व्यवस्थापन र समाज सुधारकै कथामा रहेका नेपाल देश निर्माणपछि मेरो पुर्खाले देखेको सपना राजमाता राजेन्द्रलक्ष्मी र बहादुर शाहको अमिल्दो परिस्थिती र वातावरणले नेपालको बिस्तारीत स्वपमा पूर्णबिराम लगायो । हाम्रा बराजुखलकका चिनजानकाले सधँै स्वस्थी गर्ने गरेका थापाकाजी र पाण्डेकाजीको अनमेलले काटाकाट र मारामारको परिस्थितिबीचमा राणाकाल सुरु भयो । टाठा ब्राह्मणखलकका हाम्रा बराजु बाजेहरुले स्वस्थी गान गर्दै राणा महाराजहरूको जयजयकार गरेर समाजमा स्थापित हुनुभयो । राणाकाललाई स्वर्णिम युग र राणा सरकारलाई महान रहेको सपनामा जिउनुभयो । हाम्रा बा पुस्ताहरुले भारतमा अध्ययन गर्ने मौका पाउनुभयो । स्वतन्त्र भारतको कथा रगाथा अनि भारत प्रबासी नेताहरुको चित्त बुझ्दो भाषणले राजा र जनताको तर राणा बाहेकको सपना देख्नुभयो राणाकाल गयो । राजासहित जनताको शासन आयो । उहाँहरुले भारतको थिचोमिचो महसुस गर्नुभयो । राजाको प्रत्यक्ष शासन चाहियो भनेर राजालाई समर्थन गर्न थाल्नुभयो पञ्चायती व्यवस्थाको प्रादुर्भाव भयो । निर्दलीय ब्यवस्था विकाशसिल सोच भन्दै सुशासनको सपनामा रहनुभयो । नेता थुनिए, विदेशी रिसायो, देश संसारबाट एक्लियो भन्दै उहाँहरूमा र काकाहरूमा नयाँ सपना पलायो । देशमा पुनः राजासहित बहुदलीय ब्यवस्था आयो । राजा शासनमा हुँदा जनतातिरबाट नवराजा र युवराजको जन्म त त्यो बेला भएन तर पञ्चायती ब्यवस्थामा छिटपुट सुनिने शब्द भ्रष्टाचार शब्द ठूलो आकारमा सुनिन थाल्यो । गाउँगाउँमा भाइहरु जाग्नथाले , सदनमा नेताहरु कुर्लनथाले ,बाटोबाटोमा पँुजिपतीहरु ,सुराकी मास्टरहरु, प्रहरी , सिपाही कुटिनथाले । बाबा दुहाई गर्नथाले । महान क्रान्ति महान परिवर्तनमा मेरा गाउँका भाइहरु , राजाइ तर र अन्य पार्टी इतर सबैले बहुदलमा पनि प्रतिबन्धित रहेको पार्टीले शासन ब्यवस्थामा आए पक्कै केही हुन्छ भन्ने सपना देख्नथाले । राजदरबारमा घटना घट्यो । नयाँ परिस्थिति बन्यो । राजा आउ देश बचाउ नाराको प्रादुर्भाव भयो । गाउगाउँमा ,जङ्गलजङ्गलमा क्रान्तिको बिगुल फुकिनुमा बहुदलभित्रका पार्टीकै दोष हो कि भनेर पल्लाघरे काइँला काका र धेरैले पठित ,भद्र , दुरदर्र्शी राजाका सन्तान राजाले प्रत्यक्ष शासन लिएको खण्डमा देश शान्तिमय र सुन्दर बन्छ भन्ने सपना देखे । त्यस्तै भयो पनि त्यसले पहिला दीपावली भयो तर पछि समाजमा आगो सल्कियो । आर्यघाटले के भन्छ फलानो फलानोले भन्छ भन्ने जस्ता नौला किसिमका नारा सडकमा गुन्जिनथाले । गाउँगाउँमा क्रान्तिमा होमिनु भएका क्रान्तिकारी पार्र्टीका लुप्त अग्रज नेताहरु अगाडी देखापर्न थाल्नुभयो । राजाले बहुदलबाट प्रत्यक्ष शासनभार लिँदा एक्लिएका पार्टीहरु जसले राजासहित शासनसत्तामा हुँदा नव क्रान्तिकारी पार्र्टीलाई आतंककारी घोषणा गरेर राज्यसत्ता सम्हाल्न खोजेकाले पनि त्यही पार्टीसँग हात मिलाएर हाम्रा भाइहरुको देश सुदृढिकरण र गणतन्त्र नेपालको सपना साकार भयो । देश संघीयतामा गयो । प्रदेश निर्माण भयो, उथलपुथल भयो । आदरणिय भनिएका नेताहरुयुद्ध जितेर नवराजा भएझैँ सोचमा शासन गर्ने,आफू आफूबीचमा वाकयुद्ध र पुरातन राजाकाभन्दा तुच्छ बोल्नेशैली अनि अर्काप्रतिका कटाक्षले राजनेताभन्दा पनि तप्काका नेताभए । छोरानातीहरु युवराज ,नवयुवराज जस्तै भए । आफू राजा रआफ्ना सन्तती युवराज ,युवराज्ञी ,राजकुमार जस्ता भएका देख्न हेर्ने सबैको मानविय आचरण हो तर राजाका सन्ततिलाई सत्तोसराप गरेर सात्विक र साधा जिवनयापन गर्ने भनिएका राजनीतिमा होमिएका नेताहरु कुनाकुनामा राजा र राजाका सन्ततिको प्रत्याभुत गराउने गरी समाजमा देखापर्दा बृहत समर्थनको सपनामा कुठाराघातभयो । पढ्न , कामखोज्न , काम गर्न र देशमोह भङ्ग भई वितृष्णाले पलायन हुन विदेश जानेको लर्को लाग्न थाल्यो । परिकल्पनामा रहेको कानुन फितलोजस्तो भएको कारण धार्मिक युवागुरुहरुले प्रवचनमा , टिभीमा कार्यक्रम सञ्चालकले ,दोबाटोमा समाजिक अभियन्ताले, समाजिक कार्यकर्ताले जनन्यायको लागि पहल गर्ने उनैले जनप्रतिनिधि कर्मचारी , प्रशासनलाई गाली हप्कीदप्की लगाएर जनतामा अगाडी देखापर्ने परिस्थिती बन्यो । पुराना अनुभवी स्वतन्त्र कसैले मनको कुण्ठा ब्यक्त गर्न खोजे भद्रसंग नेतामा सच्चिन ,सुध्रिन समय अनुकुल भइदिन आलेख लेखे ,बोले भने तीनलाई हतोत्साही पार्नखोज्ने , भौतिक कार्यबाहीको हवालादिने वा प्रशासनिक कार्यबाही नै गरी तीनलाई निरिह नागरिक सरह बनाउने कारणले चौथोअङ्ग भित्रका हिमायती , धार्मिक ,सास्कृतिक ,आर्थिक ,शैक्षिक आवरणभित्रका स्वदेशी तथा विदेशी चलखेलका कुशलखेलाडीहरुको हप्कीदप्की र चुरिफुरिले यिनै पो देश निर्माणका मशिहा हुन् कि भने र मेरा छोरा ,भतिजाहरूले सपना बुनेर हप्कीदप्कीवाला उनीहरु समर्थन पाएर केहि हदसम्म राज्यसत्तामा पुगेपनि पछि सबैमा तिनीहरुको उदेश्य र प्रेरणाको श्रोत अनि बोलीको बुलन्दताको आशय बुझ्ने काम र क्रम अझै तीव्र छ ।
अब राजा फर्क भनेर अवाज आउँदैछ । दुर्गा दाजु ,रमा दिदी, पञ्चायती व्यवस्थाका बयोवृद्द नेताहरु , मौकामा चौकावाला बहुदलपछिका निर्मित पार्र्टीकानेताहरु ,धार्मिक व्यक्तित्वका साथ हाम्रा पल्लाघरे ट्याक्सी ड्राइभर दाइ अनि महादेव मन्दिरका पुजारीबा राजा आउने सपनामा हुनुहुन्छ । मेरो सपना चाहिँ यि प्रश्नहरु के हुने हुन् भन्ने मा छ ,‘राजाको कसरी सवारी हुने होला ?जनताको कुरा सुन्दा समस्यामा पहिलाजस्तै कसरी टाउको हल्लाईबक्सिन्छ होला ? नवयुवराजको भट्भटेको स्पीड के भयो होला ?ठूलो टाटुदेखाउँदै स्याण्डो लगाएर हेल्मेट नलगाई पाली बक्सेको दारी कपालसहित भट्भटेमा पोखरा सडकमा जस्तै सदनमा दर्शन बक्सहुन्छ कि हुन्नहोला ?नवयुवराज ठमेल क्लबको चस्कालाई छोडेर पुर्खाले आज्र्याको देश खातिर सदनमा उपस्थित भएर सम्बोधन बक्सहुन्छ कि हुन्नहोला ?युवराज्ञिका पनि भारतमा नातागोता हुनुहुन्छ उहाँहरुकोसहयोग ,समर्थन र आशयले कति प्रश्रय पाउनेहोला ? आन्दोलन छेडियो भने सानोमा सर्पले बेरेर सुरक्षादे’का प्रभावशाली व्यक्तित्व टक्क उभिएर पत्रकार हेर्दै मुसुक्क हाँसेर मँैले गोरु नाङगै हिँडेको देखेको छु भन्नु हुने प्रमले के भन्नुहोला ? हामी सुन चोर ,मुर्तीचोर वा भाइमारा हाँै र भन्नुहुने अर्का प्रभावशाली नेताले के भन्नुहोला ? कहिले गोर्खाली राजाले न्याय गरे कहिले प्रतिघात गरे भन्नुहुने नेताले के भन्न ुहुने हो ?’ कोही विदेशी वा अदृश्य शक्तिले राणाकालमाझै राजालाई अगाडी उभ्याउन सांस्कृतिक झलकका राजा देखाएर र नारायणहिटी भित्र्याएर नेपालीमा तिमीहरुको स्वतन्त्र अभिभावक छ भनेर आफ्नो मनसुवा फत्य गर्न खोजेको हो भने पहिले नै नारायणहिटिमा बस्ने वातावरण बनाउन पहल गर्नुपर्ने होईनर ? नयाँ प्रयोग सफल हुन नेपालको वागमतीमा पनि धेरै पानी बगीसकेन र ?

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्