spot_img

हिमालयन ट्राजेक्टरी पुस्तक विमोचित

spot_img

कवि , निबन्धकार तथा नियात्राकारका रूपमा आफ्नाे परिचय स्थापित गरिसकेका साहित्यकार राजाराम बर्ताैलाद्वारा लिखित अङ्ग्रेजी भाषाका छाेटा निबन्धहरूकाे सङ्ग्रह हिमालयन ट्राजेक्टरी नामक पुस्तक विमोचित भएको छ । पुस्तकको काठमाडौं बागबजारस्थित प्राज्ञिक बुक्सकाे प्राङ्गणमा प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा अन्य प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा विमाेचन गरिएको हो ।

समसामयिक नेपालकाे परिवेश, चिन , भारत र नेपालकाे सम्बन्ध र नेपालप्रतिकाे दृष्टिकोण समेटिएको यस सङ्ग्रहमा नेपालकाे प्राचीन इतिहासलाई समेट्दै विगत र वर्तमानसँग तुलना गर्दै नेपालकाे हितका लागि के गर्न सकिन्छ भन्ने वैचारिकता प्रस्तुत गरिएकाे छ ।
त्यसैगरी यो पुस्तकमा नेपाली जनजीवन र नेपालकाे सन्दर्भ सहित नेपालकाे भूराजनैतिक अवस्था र छिमेकी मुलुक लगायत अमेरिकासँगकाे सम्बन्ध र त्यसले पारेकाे प्रभावका पक्षकाे चित्रण गरिएकाे छ । लामाे समय नेपालकाे कुटनीति सेवामा बिताएका साहित्यकार बर्ताैलाले परराष्ट्र सेवामार्फत् विभिन्न मुलुकका बारेमा जानकारी राखेका छन् ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू