spot_img

चिनियाँ लगानीको बन्दरगाहमा इरानले आक्रमण प्रयास गरेको कुवेतको आरोप

spot_img

इरानले यसै महिनाको सुरुमा चिनियाँ लगानी रहेको एक बन्दरगाहमा असफल सशस्त्र आक्रमणको प्रयास गरेको कुवेतले आरोप लगाएको छ ।

कुवेतले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणका लागि इरानले आफ्नो अर्धसैनिक ‘रिभोलुसनरी गार्ड’ समूहका सदस्यहरू पठाएको थियो । 

कुवेतको बुबियाँ टापुमा ‘मुबारक अल कबीर’ बन्दरगाह निर्माणाधीन अवस्थामा छ, जुन चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गतको परियोजना हो । रिपोर्टअनुसार युद्धका क्रममा इरानले उक्त परियोजनामाथि पनि आक्रमण गरेको थियो ।

इरानले भने कुवेतको आरोपबारे प्रतिक्रिया दिएको छैन । खाडी क्षेत्रमा भइरहेका आक्रमणहरूले पुनः खुला युद्धको जोखिम बढाएको छ ।

कुवेतका अनुसार मे १ मा इरानी रिभोलुसनरी गार्डका ६ जना सशस्त्र सदस्यहरूको टोलीले इराक र इराननजिकै पर्सियन खाडीको उत्तरपश्चिमी क्षेत्रमा रहेको बुबियाँ टापुमा घुसपैठ गर्ने प्रयास गरेको थियो ।
कुवेती सुरक्षाबलले उनीहरूको घुसपैठ प्रयास विफल पार्दै चारजनालाई पक्राउ गरेको र दुईजना भाग्न सफल भएको जनाएको छ ।

कुवेतका अनुसार घटनाका क्रममा एक सुरक्षा अधिकारी घाइते भएका थिए । उक्त घटनाबारे प्रारम्भिक जानकारी मे ३ मा सार्वजनिक गरिएको भए पनि त्यसबेला विस्तृत विवरण दिइएको थिएन । एबीसी

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू