गायक दिपेन्द्र अर्यालको नयाँ गीत ‘धक्का’ सार्वजनिक भएको छ ।
बुढासुब्बा डिजिटल मार्फत बिहिबार सार्वजनिक गरिएको गीतमा शब्द, संगीत तथा एरेञ्ज अर्जुन पोख्रेलको रहेको छ।
म्युजिक भिडियोमा सरोज प्रजा र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । त्यसैगरी भिडियोको कोरियोग्राफी अनिश थापाले गरेका हुन् भने छायांकन भुपेन्द्र थापा मगरको रहेको छ । भिडियो निर्देशन भने प्रहिल कार्कीले गरेका छन् ।



