उपन्यासकार गङ्गाप्रसाद भेटवालको दाेस्राे उपन्यास विश्वकर्मा भाेजनालयकाे सडक विमाेचन गरिएको छ।
काठमाडौँको बागबजारस्थित प्राज्ञिक बुक्सअघिको खुल्ला सडकमा बुधवार आयोजित एक भव्य कार्यक्रमकाबीच उपस्थित प्राज्ञिक व्यक्तिहरुले उक्त कृति विमोचित गर्नुभएको हो ।
दलितका विषयका बारेमा लेखिएको याे उपन्यासले जातीय विभेदले समाजमा पारेकाे प्रभावलाई सकारात्मक तरिकाबाट प्रस्तुत गरेकाे छ ।
उपन्यासकाे सारगर्वित प्रसङ्गकाे चर्चा गर्दै साहित्यकार राजाराम बर्ताैलाले उपन्यासले दलितकाे मुद्दालाई निकै गहन तरिकाबाट चित्रण गरेकाे तथा सामाजिक संरचनाकाे विद्यमान विभेदलाई निकै गहन तरिकाबाट खाेजेकाे छ भन्ने धारणा प्रस्तुत गर्नुभयाे ।




