spot_img

चीनमा सुरु भयो विश्वकै पहिलो १६ मेगावाट क्षमताको ‘फ्लोटिङ विन्ड पावर’ प्लेटफर्म

spot_img

चीनको गुआङदोङ प्रान्तमा विश्वकै पहिलो १६ मेगावाट क्षमताको फ्लोटिङ विन्ड पावर (समुद्रमा तैरिने वायु ऊर्जा) प्लेटफर्म ‘हाइयौ अनलान’ले आधिकारिक रूपमा सञ्चालन सुरु गरेको छ ।

चाइना नेसनल अफसोर आयल कर्पोरेसनद्वारा सञ्चालित यो प्लेटफर्मलाई गहिरो समुद्रमा हरित ऊर्जा उत्पादनको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।

यो फ्लोटिङ विन्ड पावर प्लेटफर्म पर्ल रिभर माउथ बेसिनमा समुद्री तटबाट १३६ किलोमिटर टाढा र १३६ मिटर गहिराइमा स्थापना गरिएको छ । यसलाई ४.३ किलोमिटर लामो समुद्रमुनिको केबलमार्फत लुफेङ आयलफिल्ड ग्रीडसँग जोडिएको छ । यसबाट उत्पादित विद्युत् सिधै समुद्री तेल क्षेत्रलाई आपूर्ति गरिनेछ ।

यो प्लेटफर्ममा १६ मेगावाट क्षमताको आँधीबेहरी–प्रतिरोधी वायु टर्बाइन जडान गरिएको छ । यसलाई क्याटेगोरी–१७ सम्मका शक्तिशाली चक्रवात सहन सक्ने गरी डिजाइन र निर्माण गरिएको छ । यसको अनुमानित सेवा अवधि २५ वर्ष छ ।

सञ्चालनमा आएपछि यो विन्ड पावर प्लेटफर्मले वार्षिक औसत पाँच करोड ४० लाख किलोवाट घण्टा विद्युत् उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसबाट हरेक वर्ष करिब ३५ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घट्ने अनुमान गरिएको छ । यसले चीनको स्वच्छ ऊर्जा अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू